Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


जन्ती बोकेको बसबाट खसेर युवकको मृत्यु


0
Shares

मृत्यु हुनेमा दाङ, तुलसीपुर–१२ कपडादेवीका २३ वर्षीय सुरज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए । उनको नेपालगन्जमा उपचारकाक्रममा मृत्यु भएको हो ।

दंगीशरण गाउँपालिका–२ गोल्टाकुरीबाट जन्ती लिएर तुलसीपुर–१२ दक्षिण कपडादेवीतर्फ जाँदै गरेको ना४ख ६२५० नम्बरको बस कोल्टे पर्दा छतमा बसेका तिम्सिनासहित चारजना खसेका थिए ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । रासस