अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले कमी आएर ५४ हजार ७ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन २ सयले नै उकालो लागेर ५४ हजार ९ सयमा कारोबार भएको थियो । चाँदीको भाउ पनि ५ रुपैयाँले घटेर ७ सय ६५ मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रति औंन्स १२ सय ६३ डलर हाराहारीमा कारोबार भेरहेको थियो ।









प्रतिक्रिया दिनुहोस्