Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


श्रम र सामाजिक सुरक्षा ऐन केहि दिनमै पास हुन्छः मन्त्री गुरुङ


0
Shares

 

१२८ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले गरेको श्रमिक सभामा उनले श्रम ऐन संशोधन गर्न बनेको उपसमितिले सबै काम पुरा गरेर पास गर्न संसदसमक्ष पठाईसकेको जानकारी दिए ।

उक्त ऐन संसदबाट पास हुने पनि उनले बताए । त्यसैगरी सामाजिक सुरक्षा ऐनमा केहि संशोधन गरेर उपसमितिले एक दुई दिनमा संसदसमक्ष पठाउने र उक्त ऐन पनि पास हुने पनि उनले दावी गरे ।

कठिन अवस्थाकाबिच पनि मर्यादित श्रमका विषयमा सरकार गम्भिर रहेको पनि उनको भनाई थियो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालले लोकतन्त्रको अपनत्व, राज्यका सबै तहमा मजदुरको प्रतिनिधत्व भन्ने मुद्धालाई अगाडि बढाएको बताए ।

मजदुरको मुद्धाहरुलाई स्थापित गराउन स्थानीय तहको निर्वाचनमा मजदुरको अनिवार्य प्रतिनिधित्व गराउन र स्वदेशमै रोजगारी सिर्जना गराउने विषयमा नेपाल ट्रेड युनियन काँग्रेसले पहल गरिरहेको पनि उनले उल्लेख गरे ।