
भारतको दार्जिलिङ जिल्ला खोरीबारीथाना गौरसिंहजोर–६ बस्ने ६६ वर्षीय भगिरथ सिंहलाई १५ थान मानव खप्परसहित प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय काकँडभिट्टा र सशस्त्र प्रहरीबलको संयुक्त टोलीले भारतबाट नेपाल आउँदै गरेका सिंहलाई शंकालागी चेकजाँच गर्ने क्रममा सो खप्पर फेलापारी नियन्त्रणमा लिईएको हो ।
खप्परसहित पक्राउ परेका उनीउपर थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय काकँडभिट्टाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्