Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


जिप जलाएको आरोपमा महिला पक्राउ


0
Shares

गुलरिया नगरपालिका–४ टेपरा गाउँका विनोदकुमार पण्डितको आफ्नै घरअगाडि रोकिराखेको बा१६च ३२४४ नम्बरको जिपमा सोमबार राति आगजनी गरेको आरोपमा सोही स्थानकी ३८ वर्षीया पार्वती गोडियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए ।

आगोलागीबाट जिपको भित्र र बाहिरी भागमा क्षति भएको र मर्मतका लागि करिब रु पाँच लाख खर्च हुने अनुमान गरिएको छ ।

पक्राउ परेकी गोडियाको घरबाट जलेको बोतललगायत अन्य सामान फेलापरेकाले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बोहराले जानकारी दिए ।

जिपमा लागेको आगो करिब २० मिनेटपछि स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । रासस