-प्रज्ञा तिमल्सिना/ ईमज
सेमेस्टर प्रणालीमा एउटा कक्षामा कम्तिमा ४० जना विद्यार्थी आवश्यक हुने प्रावधान छ । तर कतिपय विषयमा दुई र पाँच जनासम्म मात्र विद्यार्थीहरु भएपछि अब ति विषय संचालन गर्ने नगर्नेबारे विश्वविद्यालय आफंै दुविधामा छ ।
इतिहास , सस्कृत, भुगोल, राजनीति शास्त्र, नेपाली, नेपाल भाषा लगायतका विषयमा विद्यार्थी संख्या निकै कम छ ।
विद्यार्थी संख्या निकै कम भएका विषयहरुलाई केही सिमित क्याम्पसमा मात्र संचालन गर्ने गरी विश्व विद्यालयले तयारी अघि वढाएको छ ।
विद्यार्थी संख्या निकै कम रहेका विभागमा १२ जनासम्म प्राध्यापकहरुको दरबन्दी छ ।
त्रिभुवन विश्व विद्यालयकी शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीले दश जना भन्दा कम विद्यार्थी संख्या भएको अवस्थामा सबै क्याम्पसहरुमा ति विषय पठन पाठन नगराउने गरी तयारी अघि वढेको बताइन् ।
एकातिर विद्यार्थी संख्या कम भएका विभागमा दरबन्दी धेरै छ भने अर्कोतिर विद्यार्थीको अधिक चाप भएका आम संचार लगायतका विषयमा दरबन्दी निकै कम छ ।
रत्नराज्य लक्ष्मी क्याम्पसमा केन्द्रीय विभाग रहेको पत्रकारिता तथा आमसंचार विभागमा दरबन्दी संख्या तीन छ ।
यस्तो स्थिति आउनुमा पत्रकारिता केन्द्रिय बिभागकै कमजोरी रहेको बताउछिन् शिक्षाध्यक्ष त्रिपाठी ।
कुन विभागमा कति दरवन्दी कायम छ भन्ने सूचना दिनसम्म अस्वीकार गर्ने गरेका छन् विश्व विद्यालयका कर्मचारीहरु ।
माथिबाटै सूचना नदिन आदेश आउने गरेको कर्मचारीहरुले वताएका छन् । एउटा विषयमा दरबन्दी भएकाहरुलाई अर्कै विभागमा काम समेत लगाइएको छ ।
विद्यार्थी संख्या कम भएका विषयमा निश्चित क्याम्पस छनोट गरी पठन पाठनको ब्यवस्था मिलाउँदा दरवन्दीमा रहेका प्राध्यापकहरुको पनि उचित ब्यवस्थापन गर्नेतिर विश्व विद्यालयको ध्यान जानु आवश्यक छ ।










प्रतिक्रिया दिनुहोस्