Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


वैशाख २५ देखि ३१ गतेसम्म निर्वाचन हुने क्षेत्रका सबै विद्यालय बिदा


0
Shares

यही वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्बर–३, ४ र ६ मा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन आयोगको आग्रह र शिक्षा मन्त्रालयको निर्देशनमा चार दिन विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए ।

सो बिदाबापत् अन्य समयमा पढाएर विद्यार्थीलाई क्षतिपूिर्त दिइनेछ ।

कतिपय विद्यालयमा मतदान केन्द्र हुने र निर्वाचनपूर्व राजनीतिक गतिविधि बढ्ने भएकाले विद्यालयमा निर्वाचनअघि विगतमा पनि बिदा दिइन्थ्यो । रासस