काठमाडौं, फागुन ५ । वित्तीय विश्लेषकहरुको पनि छुट्टै संस्था स्थापना भएको छ ।
नेपालको समग्र वित्तीय विश्लेषकहरुको संस्थाकारुपमा ‘एसोसिएसन अफ इन्भेस्टमेन्ट प्रोफेसनल नेपाल’को स्थापना भएको हो ।
वित्तीय क्षेत्रहरुको विश्लेषणमार्फत् नेपालमा समग्र सामाजिक हितका लागि लगानी र पुँजीबजारमा नैतिकता, व्यावसायिकता र पारदर्शीता बढाउने उद्देश्यले चार्टर फाइनान्सियल एनालिस्ट (सीएफए) संलग्न यस संस्थाको हालै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरेका हुन् ।
सीएफए पूरा गरेका एनालिस्टहरु नेपालमा १२ जनामात्र छन् भने ३१७ विद्यार्थी अध्ययरत् रहेको बताइएको छ ।
संस्थाले कानुन, नीति–नियम तर्जुमा गर्न सरोकारवालासँग छलफल गरेर नीति निर्माणकर्तालाई सुझाव दिने जनाइएको छ ।
डा. मनोज शाहीको अध्यक्षतामा गठित संस्थाको उद्घाटन गर्दै गर्भनर डा. नेपालले मुलुकमा लगानीको वातावरण बन्दै गएको र वातावरण निर्माणसँगै लगानी वृद्धि हुँदै वित्तीय अवस्था सुधार हुँदै जाने बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्