Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


द्वन्द्वकालमा मारिएका व्यक्तिको सम्झनामा शान्ति पदयात्रा


0
Shares

स्थानीय शान्ति समितिको आयोजनामा द्वन्द्वकालमा राज्य र गैरराज्य पक्षको भिडन्तमा मारिएको स्थान आसपास ३ किलोमिटर पदयात्रा गरिएको हो ।

२०६० साल भदौ ९ गते तत्कालिन शाही नेपाली सेनाको आक्रमणमा परेर स्थानीय दुर्गा घिमिरेको घरमा ६ जना र देउमान तामाङको घरमा २ जना गरी ८ जनाको मृत्यु भएको थियो ।

अहिलेसम्म भिडन्तमा परेका ती परिवारले भने राज्यकातर्फबाट कुनै क्षतिपूर्ति पाएका छैनन् ।

द्वन्द्वपीडितले अहिले पनि राज्यबाट अपेक्षा गरे अनुरुपको कुनै राहात नपाएको गुनासो गरेका छन् ।