Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


निर्धक्क भएर लगानी गर्ने वातावरण बनेको प्रधानमन्त्रीको दाबी


0
Shares

काठमाडौं, फागुन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सबल र स्थायी सरकार भएकाले निर्धक्क भएर लगानी गर्ने वातावरण बनेको दाबी गरेका छन् ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको ‘कान्तिपुर कन्क्लेभ’मा बोल्दै उनले लामो समयको द्वन्द्वपछि देशले स्थायित्व पाएकाले अबको यात्रा समृद्धितर्फको हुने बताए ।

प्रत्येक वर्ष ५ लाख व्यक्तिलाई रोजगारी दिने सरकारको लक्ष्य रहेकाले सम्भावित क्षेत्रमा गरिने लगानीको संरक्षण पनि सरकारले गर्ने र लगानीका लागि एकद्वार प्रणाली लागू गरिने उनले बताए ।

कार्यक्रममा भारतीय र नेपाली कर्पोरेट क्षेत्रका व्यक्तिहरु, आर्थिक तथा सामाजिक क्षेत्रका अग्रणी व्यक्तिहरुकोसमेत सहभागिता रहेको छ ।