Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, अर्का एकजना घाइते


0
Shares

पश्चिमतर्फ जाँदै गरेको मे १ ख २२२१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ९ प ७१८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक धनुषाको पोर्ताहा–८ निवासी सुनिल दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी मोटरसाईकलको पछाडि सवार सोही ठाउँका दीपेश पासवान घाइते भएका छन् ।

ठक्करबाट गम्भीर घाईते भएका दासको मिर्चैयास्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घाइते पासवानलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको बताइएको छ । (रासस)