Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


वैशाख २५ देखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबिसै घण्टा खुल्ने


0
Shares

मर्मतका लागि अहिले दिउँसोको समयमा यातायात सञ्चालनमा रोक लगाइएको भए पनि स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै वैशाख २५ गतेदेखि आगामी जेठ ३ गतेसम्म आवतजावत सुचारु गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको हो ।

यो समयमा सडक मर्मतको कार्य स्थगित गरिने र यातायात सुचारु गरिने आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।