३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


श्रीमती र सासूमाथि खुकुरी प्रहार गर्ने समातिए


0
Shares

जिल्लाको सप्तकोसी नगरपालिका–७ ओद्राह टोल बस्ने ५० वर्षीय बहादुर सदाले रिसइबीका कारण मादकपदार्थ सेवन गरी माइतीमै बस्दै आएकी श्रीमती माहादेवी सदा र सासू हसनीदेवी सदालाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।

खुकुरी प्रहारबाट महादेवीको टाउकामा गम्भीर चोट लागेको छ भने हसनीदेवीको घाँटी काटिएको छ ।

घाइते दुबैजनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यता, खुकुरी प्रहार गर्ने सदालाई स्थानीय फत्तेपुर प्रहरीचौकीले पक्राउ गरी अनुसन्धान थालेको छ । रासस