Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


आठ दिन अघिदेखि बेपत्ता शिक्षक जंगलमा मृत भेटिए


0
Shares

जिल्ला प्रहरी कार्यालयका अनुसार राईे मोतीगडास्थित चाँपको जङ्गल क्षेत्रमा फेला परेका हुन् ।

स्थानीयवासी गोठालाले साँझपख गाईवस्तु जङ्गलबाट घर फर्काउने क्रममा राईलाई मृतावस्थामा देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए ।

दाहसंस्कार गर्न प्रहरीले मृतकका आफन्तलाई जिम्मा लगाएको उदयपुरका प्रहरी प्रमुख नरबहादुर केसीले बताए । शवका छेउमा एउटा विषादी वस्तुको सिसी भेटिएको जनाइएको छ ।

शिक्षक राईले १५ दिन अघिदेखि नै घरमा अनौठो व्यवहार देखाउन थालेका थिए । छोराको विवाह सम्पन्न भएको भोलिपल्टदेखि नै राई घरबाट बेपत्ता भएका थिए । रासस