Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


महोत्तरीका आधादर्जन गाउँमा एकैसाथ सयभन्दा बढी ‘निलगाई’ फेला


0
Shares

स्थानीय बासिन्दाकाअनुसार जिल्लाको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिन्डा, सम्सीलगायतका गाउँमा दुर्लभ वन्यजन्तुकोरुपमा रहेको निलगाई एक सयभन्दा बढीको संख्यामा देखिएका छन् ।

यसअघि कहिले नदेखिएको गाईजस्तो तर नीलोरङका ती जनावर एक्कासि ती गाउँको वनमा आएपछि गाउँले ती जनावरलाई हेर्नका लागि वनमा ओइरो लागेको इटहर्वाका देवेन्द्र ओझाले बताए ।

एक सयभन्दा बढीको संख्यामा रहेका निलगाई त्यस क्षेत्रका वनमा लगाइएको तरकारीबालीमा हुलका–हुल गरेर सबै तरकारी खाइदिने, उखु र अन्य फलफूल खाइदिने र नस्ट पारिदिने गरेको मनराका रामदिनेश चौधरीले बताए ।

सीमावर्ती क्षेत्रका आधादर्जन गाउँमा फेलापरेका निलगाई वनको सबै बालीनाली नस्ट गर्नमा लागेका छन् भने ती जनावरलाई धपाउनका लागि जाने मानिसहरुलाई देख्नेबित्तिक्कै भाग्ने गरेको छ ।

दुई/चार दिनदेखि त्यसक्षेत्रका मनरा, भोलही, पोखरभिन्डा, एकडारा, इटहर्वाकट्टी र सम्सीका ६ ओटै गाउँका वनमा लगाइएको बालीनाली नस्ट पारिरहेको सम्सीका विजय साहले बताए ।

गर्मीयाम आउनेबित्तिकै जिल्लाको माथिल्लो भागमा रहेको वन–जंगलमा डढेलो, चोरी–सिकारीजस्ता क्रियाकलापले तीव्रता पाएका कारण दुर्लभ वन्यजन्तु निलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको स्थानीयवासी बताउँछन् । रासस