विगत केही वर्षदेखि काठमाडौं महानगरपालिकाअन्तर्गत् काम गर्दै आइरहेको जुद्ध बारुणयन्त्रमा जनशक्तिको अभाव भइरहेको छ ।
काठमाडौं उपत्यकामा आगलागीको घटना घट्दो अवस्थामा रहेको तथ्यांकले देखाएपनि व्यक्तिको लापरबाहीकै कारण आगलागीका घटनाहरु हुने गर्छन् ।
जुद्ध बारुणयन्त्रमा हाल पाँचओटा दमकल छन् । आगलागी नियन्त्रणमा दमकलको अभाव नभएपनि जनशक्तिको अभाव रहेको छ ।
हाल जुद्ध बारुणयन्त्रमा तालिमप्राप्त ११ जना अग्निनियन्त्रक कार्यरत् छन् । केही वर्षयता तालिमप्राप्त दक्ष जनशक्ति कम रहेको छ ।
नयाँ अग्निनियन्त्रक भर्ना गर्नको लागि अहिलेसम्म कुनै ऐन–कानुन नबनेकोले समस्या भइरहेको जुद्ध बारुणयन्त्रका प्रमुख किशोरकुमार भट्टराई बताउँछन् ।
दिनानुदिन काठमाडौंमा बस्तीहरु बाक्लिँदै गइरहेको छ । आगलागी एक प्राकृतिक घटना भएकोले न यसलाई रोक्न नै सकिन्छ न टार्न नै ।
समयमा घटनास्थलमा पुग्न नस्कनु दमकलकोमात्र कमजोरी हैन, अनावश्यकरुपमा भत्काइएका सडक, अव्यवस्थित तारहरु र घनाबस्तीका कारण दमकल घटनास्थलसम्म पुग्न नसक्नुको मुख्य कारण देखिन्छ ।
जनशक्ति अभावकैबीचमा जुद्ध बारुणयन्त्रले काठमाडौको बौद्धमा इटालीको सहयोगमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।










प्रतिक्रिया दिनुहोस्