Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


एक सातामा सुन १४ सयले सस्तियो


0
Shares

आइतबार तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा घटेर तोलाको ५३ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेको एवं सुन फिर्ता बिक्रीमा परेको दबाबका कारण सुनको भाउ भटेको महासंघले जनाएको छ ।

यस्तै, अमेरिकामा रोजगारी वृद्धिदर बढ्ने अपेक्षा एवं फ्रान्सको राष्ट्रपति निर्वाचनका कारणलेसमेत सुनको मूल्यमा असर पारेको महासंघले जनाएको छ ।