Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


८६ वर्षीय आरोही मीनबहादुर शेरचनको सगरमाथा आधार शिविरमा निधन


0
Shares

७६ वर्षको उमेरमा सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गरेका शेरचनको कीर्तिमान जापानका आरोहीले तोडेपछि फेरि नयाँ कीर्तिमान राख्न उनी यसपटक त्यसतर्फ पुगेका थिए । उनी अहिले ८६ वर्षका थिए ।

शनिबार साँझ ५ बजेर १४ मिनेट जाँदा उनको हृदयघातबाट निधन भएको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधार शिविरबाट जानकारी दिए ।

शेरचनको शवलाई आइतबार लुक्ला हुँदै राजधानी लगिने उनले बताए ।