Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


जथाभावी बाटो काट्ने यात्रुलाई अब कारवाही


0
Shares

महानगरबासीलाई ट्राफिक चेतनासम्बन्धी जानकारी दिने उद्देश्यले आइतबार काठमाडौंको सुन्धारामा गरिएको कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङ्मार लामाले आगामी जेठको पहिलो सातादेखि जथाभावी बाटो काट्नेहरुलाई कारबाही गर्ने बताए ।

उनले जथाभावी रुपमा बाटो काट्नेहरुलाई २ सय देखि १ हजार रुपैयाँसम्म जरिवाना हुने जानकारी दिए ।

यसैगरी महाशाखाको अगुवाईमा आइतबार सुन्धाराबाट निकालिएको ¥यालीले नगरका विभिन्न ठाउँ परिक्रमा गरेको थियो । ट्राफिक प्रहरीले हाल पैदल यात्रुका लागि जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।