
भ्याटिकन सिटीमा आयोजित एक समारोहमा उपस्थित विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा आइतबार अमेरिकन सेनाले आमाको नाम दुरुपयोग गरेको भन्दै उनले आलोचना गरेका हुन् ।
समारोहमा उनले भने, ‘त्यो नाम सुनेपछि मलाई एकदमै लाज लाग्यो, एउटी आमाले सन्तानलाई जन्म दिन्छिन् तर, त्यो बमले त मृत्यु दिन्छ अनि त्यस्तो बस्तुलाई हामी आमा भन्छौँ, किन यस्तो गरेको होला ?’ उनले प्रतिप्रश्न गरे ।
गत महिनामात्र अमेरिकी सेनाले इस्लामिक स्टेटविरुद्ध अफगानिस्तानमा करिब ९ हजार ८ सय किलोको उक्त बम प्रहार गरेको थियो ।
पेन्टागनले उक्त बम अमेरिकी विमानमार्फत नांगहार प्रान्तको पहाडी क्षेत्रमा अवस्थित इस्लामिक स्टेटले प्रयोग गर्ने गुफाहरुमा खसालिएको उल्लेख गरेको थियो ।
अमेरिकी सेनाले औपचारिक रुपमा ‘जीबीयु फोर थ्रीरबी म्यासिभ ओर्डनेन्स एअर ब्लास्ट बम’ (एमओएबी) भनिने उक्त बमलाई चलनचल्तीको भाषामा ‘मदर अफ अल बम्स’ अर्थात ‘बमहरुकी आमा’ भनेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पोपले आगामी मे २४ मा भेट्न लागेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्