उतार चढावबीच बजार परिसूचक नेप्से २४ अंकले ओरालो लागेर १,६२८ मा आइपुग्यो ।
उत्पादनमूलक र अन्य बाहेक अरु समूह ओरालो लागे । बीमा समूहमा सबैभन्दा उच्च १ सय १२ अंकको गिरावट आयो ।
जलविद्युत समूहमा पनि ३१ अंकको कमी आयो । वाणिज्य बैंक समूह पनि २७ अंकले झर्यो । होटल, विकास बैंक र वित्त समूह पनि दोहोरो अंकले ओर्लिए ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४१ कम्पनीको १० लाख कित्ता बराबर शेयर ७० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्