उद्योग मन्त्री नवीन्द्रराज जोशीले आइतबार जीवनजल उत्पादनको सुरुवात गरे । मन्त्री जोशीको पहलमा विश्व स्वाथ्य संगठनले तय गरेको ‘कुशल निर्माण विधि’ शुरु गर्न सरकारले १४ करोड ६५ लाख रुपैयाँ ऋण सहयोग गरेपछि उद्योग पुनः संचालनमा आएको हो ।
उद्योगले आगामी ३ महिनाभित्र सिटामोल लगायतका ट्याबलेटहरु उत्पादन गर्ने जनाइएको छ ।
दोस्रो चरणमा अत्यावश्यक र बजारमा खपत बढि भएका १५ भन्दा बढि प्रकारका नयाँ औषधी समेत उत्पादन गर्ने लक्ष्य लिएको उद्योगले जनाएको छ ।
२०२९ सालमा स्थापना भएको उद्योगले विगतमा १ सय २० थरिका औषधी उत्पादन गरेको थियो । उद्योगले नयाँ प्रविधि अनुरुप २७ भन्दा बढि प्रकारका आधुनिक प्रविधियुक्त गुणस्तर जाँच गर्ने उपकरणहरु जडान गरिसकेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्