सर्वोच्च अदालतको आदेशबाट पुनः जिम्मेवारी लिएलगत्तै कार्कीले आइतबार साँझ राष्ट्रपतिसँग भेटवार्ता गरेकी हुन् ।
प्रधानन्यायाधीश कार्की वैशाख २६ गते कानुन दिवस समारोहका लागि राष्ट्रपतिलाई निम्ता दिन आएको शितल निवासले औपचारिक प्रतिक्रिया दिएको छ ।
भेटमा निमन्त्रणबाहेक महाअभियोग प्रकरणका विषयमा समेत छलफल भएको बताइएको छ । कार्कीविरुद्ध संसद्मा दर्ता गरिएको महाअभियोग प्रस्ताव फिर्ता लिने विषयमा सत्तारुढ पक्षबीच छलफल भइरहेको छ ।
राष्ट्रपति भण्डारीले त्यस विषयमा समेत चासो राखेको बताइएको छ । यसैबीच राष्ट्रपति भण्डारीसँग आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेकी छन् ।
भेटमा आसन्त स्थानीय तहको निर्वाचन, महाअभियोगबारे दलहरुबीच भइरहेको समझदारीलगायतका विषयमा कुराकानी भएको थियो ।










प्रतिक्रिया दिनुहोस्