
निकै नै थकित अवस्थामा देखिएका बालिकालाई मुक्त गर्न पाएकोमा खुशी ब्यक्त गर्दै राष्ट्रपति बुहारीले बाँकी बालिका पनि छिट्टै मुक्त हुने विश्वास ब्यक्त गरे ।
कडा सुरक्षा घेराकाबीच राष्ट्रपति बुहारीलाई भेट्ने क्रममा बालिकाहरुले कुनै पनि प्रतिक्रिया दिन मानेका थिएनन् ।
अपहरणमुक्त गरिएका बालिकाको स्वास्थ्य जाँचपछि परिवारको जिम्मा लगाइएको छ ।
नाइजेरियाको बन्दी गृहमा रहेका बोको हरामका केही कार्यकर्ता छाड्ने सर्तमा स्कुले बालिका मुक्त गरिएको हो ।
बोको हरामको अपहरणमा परेका अन्य १ सय ९५ जना छात्राको अवस्था भने अझै अज्ञात छ ।
इस्लामिक लडाकु समुह बोको हरामले तीन वर्षअघि चिबोक गाउंँको एक स्कुलबाट २ सय ७० भन्दा बढी स्कुले छात्रा अपहरण गरेको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्