Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


उत्तर कोरियाको परमाणु संयन्त्र अवलोकन गरेका एक्ला अमेरिकी वैज्ञानिकको अनुभव यस्तो छ


0
Shares

तर एक अमेरिकी वैज्ञानिकले उत्तर कोरियाको परमाणु संयन्त्रको भ्रमण गर्ने मौका पाएका छन् । अमेरिकी वैज्ञानिक सीफ्रीड हेकरले सन् २०१० मा उत्तर कोरियाको परमाणु संयन्त्र अवलोकन गरेका थिए । उनले त्यसक्रममा आफूले देखेका कुरा र आफ्नो अनुभवलाई बीबीसीको एक रेडियो कार्यक्रममा खुलासा गरेका छन् ।

‘एउटा भवनको दोस्रो तलामा हामी पुग्यौं, निरीक्षणका लागि बनाइएको झ्यालबाट तल हेर्दा त्यहाँ दुई हजार मेटल सिलिन्डर थिए, जसलाई एकअर्कासँग जोडेर राखिएको थियो,’ उनले भने, ‘म छक्क परेँ, यति ठूलो क्षमता भएको परमाणु संयन्त्र देख्न पाइन्छ भनेर मैले सोचेको पनि थिइनँ ।’

त्यहाँ जडित उपकरणहरु पनि आधुनिक रहेको उनले बताए । ‘प्रष्ट शब्दमा भन्ने हो भने उत्तर कोरियाले केवल प्लुटोनियम बममात्र होइन, अत्याधिक समृद्ध युरेनियम बम पनि बनाउन आफू सक्षम छु भन्ने कुरा विश्वलाई देखाउन खोजिरहेको थियो भन्ने मैले अनुभव गरेँ,’ उनले भने ।

‘त्यसअघि बाहिरी विश्वका कोही पनि उत्तर कोरियाको परमाणु संयन्त्रमा पुगेका थिएनन् । त्यतिन्जेल जति पनि कुरा बाहिर आउने गरेका थिए, केवल अनुमानका आधारमा आउने गरेको थियो,’ उनले भने, ‘तर मेरो आधा घण्टाको त्यो भ्रमणले सबै अनुमानविपरीत नतिजा दियो, उसको युरेनियम संवर्द्धन क्षमता र हतियार बनाउने क्षमता साँच्चै नै विश्वास गर्न नसकिनेखालको थियो ।’ (एजेन्सी)

Skip This