उनीसँगै विमानस्थल निर्माणको ठेक्का लिएको सिएमसिइ कम्पनीका उपाध्यक्ष लिउ सेनगोहेङ पनि थिए ।
निरीक्षणपछि पत्रकारलाई प्रतिक्रिया दिँदै राजदूत युले विमानस्थल निर्माणमा ऋण दिने चीनको एक्जिम बैंकसँग ऋण सम्झौता ढिलो भएकाले निर्माण अघि बढ्न नसकेको बताइन् । उनले अब प्रक्रिया अघि बढेकाले केही दिनभित्रै ऋण सम्झौता हुने र निर्माणको काम अघि बढ्ने स्पष्ट पारेकी छिन् ।
ठेकेदार कम्पनीका उपाध्यक्ष लिउले निर्माण सुरु भएपछि चार वर्षभित्रै सक्नेगरी विमानस्थलको काम तीव्र गतिमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
गतवर्ष वैशाख १ गते तत्कालीन प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लगायत सबै दलका शीर्ष नेताबाट विमानस्थलको संयुक्त रुपमा शिलान्यास भएपनि निर्माणको काम अघि बढ्न सकेको छैन । रासस









प्रतिक्रिया दिनुहोस्