Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बाग्लुङमा इजाजत प्राप्त ८९ थान हतियार फिर्ता


0
Shares

हतियार संकलन अभियान शुरु गरेको कार्यालयले अझै २३ थान इजाजत प्राप्त हतियार फिर्ता लिन सकेको छैन ।

जिल्लामा कूल १ सय १२ थान हतियारका लागि अनुमति दिइएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायव उपरीक्षक अनिल खड्काले २० वटा हतियार संकलनको क्रममा रहेको जानकारी दिए ।

स्थानीय तहको निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जिल्ला प्रशासनले अनुमति लिएका हतियार बुझाउन सर्वसाधारणलाई सूचना जारी गरेको थियो ।