फाइल फोटो
गृहजिल्ला रुकुम जानेक्रममा श्रीनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले ‘बल्ब खरिद गर्ने कुरा नेपाल र भारत सरकारबीच सम्झौता गरेर हुने कुरा हो, यसमा कुनै चलखेल भएको छैन’–भने ।
उनले खलंगा–शीतलपाटी खानेपानीका लागि विद्युत् जडान प्रक्रिया ढिला भइरहेकाले तत्काल विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरण सल्यानलाई निर्देशन दिए ।
अर्काे प्रसंगमा उनले सरकारले सबैलाई मिलाएर लानुपर्ने भएकाले दुई चरणमा स्थानीय चुनाव गर्न लागिएको जानकारी दिए ।
‘सरकारले सबै राजनीतिक दललाई मिलाएर अगाडि बढ्न चाहेको छ, मधेसी मोर्चालाई पनि चुनावमा ल्याउन दुई चरणमा चुनाव गर्न लागिएको हो’–मन्त्री शर्माले भने ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न स्थानमा भइरहेको झडपलाई लक्षित गर्दै दलहरुलाई संयमित हुन आग्रह गरे ।
‘स्थानीय तहको चुनावमा सबै संयमित बनौं, कसैैले पनि प्रतिशोध र तडकभडक नगरौं, सबै राजनीतिक दलले आफ्ना कार्यकर्तालाई संयमित बनाउने प्रयास गरौं’–मन्त्री शर्माले भने । रासस










प्रतिक्रिया दिनुहोस्