१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


दक्षिण कोरियाको राष्ट्रपतिमा नेता मुन जे इन जितनजिक


0
Shares

पछिल्लो मत सर्वेक्षणअनुसार मुनले ४१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी होङ जोन प्योले २३ प्रतिशत मत प्राप्त गरेका छन् ।

उदारवादी नेता मुन कटुतापूर्ण सम्बन्ध रहेको छिमेकी उत्तर कोरियासँग वार्ता गर्ने पक्षमा छन् । यसबाट दक्षिण कोरियाको उत्तर कोरियाप्रतिको नीतिमा परिवर्तन हुने देखिएको छ ।

भ्रष्टाचार कान्डमा महाअभियोग लगाएर पार्क गुन हेइलाई पदबाट हटाइएपछि समयअगावै नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन भएको हो ।

सन् २०१२ मा भएको राष्ट्रपतीय निर्वाचनमा मुन सामान्य मतान्तरले पार्कसँग पराजित भएका थिए ।

पछिल्ला दिनहरुमा उत्तर कोरियाको आणविक गतिविधिका कारण कोरियाली प्रायद्वीपमा तनाब बढ्दो छ । (एजेन्सी)