२ करोड लिड बल्बको प्रयोगपछि २०० मेवागाट विद्युत माग घट्ने र त्यसले ५ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात घट्ने उनले बताए ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक घिसिङले ‘सफा नियत राखेर लिड बल्ब खरिद गर्न लाग्दा गलत लान्छना लगाइएको’ भन्दै यस प्रक्रियामा ‘अनियमितता भएको प्रमाणित भए देश छाड्ने’ घोषणा गरे ।
अत्यन्त भावुक हुँदै पत्रकार सम्मेलनमा प्रस्तुत् भएका घिसिङले बल्ब खरिद प्रक्रियामा भ्रष्टाचार नभएको पुष्टि गर्न ६५ रुपैयाँ भारतीय रुपैयाँमा नै यस्तै बल्ब खरिदका लागि भारतले श्रीलंका सरकारलाईसमेत बिक्रीको प्रस्ताव गरेको कागजपत्र प्रस्तुत् गरे ।
उनले फिलिप्स् वा ओस्राम वा सो सरहका ब्रान्डेट बल्ब कुनै नेपाली व्यापारीले १५० रुपैयाँमा ग्राहकलाई दिन्छ भने प्राधिकरणले आफ्नो करिब २०० ओटा काउन्टरमा बुथ राखेर बल्बहरु बिक्री गर्न सहयोग गर्ने पनि बताए ।
भारत सरकारको स्वामित्वको ‘इनर्जी इफिसेन्सी सर्भिस लिमिटेड’सँग प्रतिबल्ब ६५ रुपैयाँ भारु अर्थात् १०४ रुपैयाँमा नेपाललाई बिक्री गर्न लागेको हो ।
भन्सार शुल्क, भ्याटसमेत जोडेर प्राधिकरणले प्रतिबल्ब बढीमा १४० रुपैयाँसम्ममा बेच्न लागेको छ ।















प्रतिक्रिया दिनुहोस्