उतार–चढावबीच बजार परिसूचक नेप्से १३ अंकले सकारात्मक रहेर १६ सय ५० पुगेर थामियो ।
कारोबार भएका सबै समूह सकारात्मक रहे । जलविद्युत् समूहमा सबैभन्दा उच्च १ सय १५ अंकको वृद्धि आयो । बीमा समूह ६६ अंकले उकालो लाग्यो । विकास बैंक समूह २५ अंकले र होटल समूह पनि २२ अंकले बढ्यो । अरु समूह भने सामान्य अंकले सकारात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४२ कम्पनीको १० लाख बढी कित्ता सेयर ६२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्