Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


दोलखामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु


0
Shares

मंगलबार राति करिब ११ बजेतिर भएको झडपमा एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको हो ।

उनका बुवा स्थानीय तह चुनावमा खुलाबाट वडा सदस्यको पदमा उम्मेदवार हुन् ।

एमाले कार्यकर्ता बास बसेको ठाउँमा माओवादीका कार्यकर्ताले आक्रमण गर्दा घटना भएको स्थानीयबासिन्दाले बताएका छन् ।

झडपमा जुगु निलकण्ठेश्वर माविका शिक्षकसमेत रहेका गौरीशंकर गाउँपालिका-२ का दिलबहादुर बुढाथोकी घाइते भएका छन् ।

घाइतेको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

झडपपछि एमाले कार्यकर्ताले प्रयोग गरेका तीन वटा मोटरसाइकल र एउटा बोलेरो जीपमा समेत आगो लगाइएको छ ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।