गौरीशंकर–१ मा पार्टीका तर्फबाट वडासदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुरसहितले जुगुस्थित नीलकन्ठेश्वर माविनजिकै होटलमा खाना खाइरहेकोबेला माओवादी कोन्द्रका कार्यकर्ताको आक्रमणका कारण निधन भएको आरोप लगाउँदै सो दलले बुधबार एक विज्ञप्ति जारी गर्दै सो घटनाको निन्दा गरेको हो ।
पार्टीका पूर्वगाउँकमिटी सचिव दिलबहादुर बुढाथोकीलाई घरमै पुगेर आक्रमण गर्दा उनी गम्भीर घाइते भएको आरोप पनि विज्ञप्तिमा लगाइएको छ ।
एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको सो विज्ञप्तिमा ती घटनामा संलग्न सबैलाई तुरुन्त गिरफ्तार गरी कारबाही चलाउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरिएको छ । रासस





प्रतिक्रिया दिनुहोस्