भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिएका हुन् ।
बुधबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको साक्षात्कारमा उनले भक्तपुरमा दुई हजारसम्म सुरक्षाकर्मी खटाइएको जानकारी दिए ।
उनले निर्वाचनलाई शान्तपूर्वक सम्पन्न गर्न ११ सय निजामती कर्मचारी खटाइसकेको र सबै कर्मचारी बिहीबारसम्ममा मतदान केन्द्रमा पुगिसक्ने जानकारी पनि दिए ।










प्रतिक्रिया दिनुहोस्