Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


देउवा पुगे ओली निवास, एक घन्टाको छलफलमा के भयो कुरा ?


0
Shares

                                                                                 फाइल फोटो
छलफलका लागि सभापति देउवा बिहान ११.३० बजे एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए ।

भेटपछि सन्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीका निजीसचिव अनिश दाहालले समसामयिक विषयमा दुई दलका अध्यक्षबीच छलफल भएको बताए ।

करिब एक घन्टा भएको भेटमा कांग्रेस सभापति देउवाले मधेसकेन्द्रित दललाई सहमतिमा ल्याएर चुनाव गराउनुपर्नेमा जोड दिँदै संविधान संशोधनमा सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको उनले बताए ।

भेटमा एमाले अध्यक्ष ओलीले दोस्रो चरणको निर्वाचन बजेटअघि गर्नुपर्नेमा जोड दिँदै सहमतिका लागि छलफललाई निरन्तरता दिने र अन्य दलसँग छलफल गरेर गतिरोधको निकास निकाल्नेबारेमा छलफल भएको ओलीका निजीसचिव दाहालले जानकारी गराए । रासस