Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


गल्कोटका उद्योगले फोहोर फाल्दा गौदी खोला प्रदूषित


0
Shares

बाग्लुङ । बाग्लुङको गल्कोट नगरपालिकास्थित गौदी खोला प्रदूषित बन्दै गएको छ ।

हरिचौर र हटिया जोड्ने गौदी खोलामा गल्कोट बजारका उद्योगको फोहोर फाल्ने क्रम बढेकाले प्रदूषित भएको हो ।

खोला प्रदूषित भएसँगै खोलामा नुहाई धुवाई गर्नसमेत समस्या हुन थालेको छ ।

स्थानीयले खोलालाई डम्पिङ साइडका रुपमा प्रयोग गर्ने र नगरका विभिन्न भागबाट आउने फोहोर खोलामा नै फाल्ने भएकाले समस्या भएको हो ।

खोलामा फोहोर फाल्न नदिने नगरपालिकाले कुनै चासो दिएको छैन ।

हटिया बजार व्यवस्थापन समितिले खोला वरपर फोहोर नगर्ने निर्देशनसहित ५ सय तथा १ हजारको जरिवानाको बोर्ड राखे पनि त्यसको कुनै औचित्य देखिएको छैन ।

वडा नम्बर ३ का अध्यक्ष वीरजंग भण्डारीले भने फोहोर व्यवस्थापनका लागि योजना बनाइरहेको बताए ।