१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


चीनमा शक्तिशाली भूकम्प, ८ जनाको मृत्यु


0
Shares

चिनियाँ समाचार समिति ‘सिन्ह्वा’ का अनुसार भूकम्पमा परी ११ जना घाइते भएका छन् । ५.४ म्याग्निच्यूड मापन गरिएको सो भूकम्प स्थानीय समयअनुसार बिहान ५ः५८ मा गएको हो ।

भूकम्पपछि पराकम्पहरु गइरहेको बताइएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम सुरु भइसकेको चिनियाँ अधिकारीहरुको भनाइ छ ।

सन् २००३, फेब्रुअरीमा पनि सो क्षेत्रमा भूकम्प गएको थियो । त्यतिबेला ६.८ तीव्रताको भूकम्पबाट २ सय ६८ जनाको मृत्यु भएको थियो । (एजेन्सी)