१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


यी हुन् विश्वकै सबैभन्दा धेरै तलब खाने १० कर्मचारी


0
Shares

ब्लुमबर्गले सबैभन्दा धेरै तलब खाने १० जनाको सूची सार्वजनिक गर्दै उनीहरुलाई संसारकै सबैभन्दा महँगा कर्मचारीको उपाधि दिएको छ ।

सूचीअनुसार संसारमै सबैभन्दा धेरै तलब खानेहरुको पहिलो नम्बरमा मार्क लोर छन् । लोर ‘वाल मार्ट स्टोर इन्कर्पोरेसन’अन्तर्गत् ‘युएस ई कर्मस’को सीइओ पदमा कार्यरत् छन् । उनले वार्षिक करिब २४ अर्ब ४० करोड ५० लाख रुपैयाँ (२३ करोड ६८ लाख ९६ हजार १९१ अमेरिकी डलर) तलब खान्छन् ।

त्यस्तै, एप्पल इन्कर्पोरेसनका सीइओ टिम कुकले वार्षिक करिब १५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ (१५ करोड ३६ हजार ९०७ अमेरिकी डलर) तलब खाएर दोस्रो नम्बरमा परेका छन् ।

जोन एस वेन्सवर्ग तेस्रो नम्बरमा परेका छन् । उनी एभरकोट पार्टनर्स इन्कर्पोरेसन कार्यकारी प्रमुख हुन् । उनको वार्षिक तलब करिब १२ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ (१२ करोड ३९ लाख ९१ हजार ५५ अमेरिकी डलर) छ ।

चौथो नम्बरमा भारतीयमुलका नागरिक सुन्दर पिचाई परेका छन् । उनी अल्फावेट इन्कर्पोरेसनअन्तर्गत् गुगलका सीइओ हुन् । उनले करिब १० अर्ब ९७ करोड १९ लाख रुपैयाँ (१० करोड ६५ लाख २ हजार ४१९ अमेरिकी डलर) वार्षिक तलब खान्छन् ।

पाँचौ नम्बरमा परेका छन्, एलोन मस्क । उनी टस्ला इन्कर्पोरेसनमा सीइओ पदमा कार्यरत् छन् । उनले सन् २०१६ मा कम्पनीको तर्फबाट करिब १० अर्ब २७ करोड ५८ लाख रुपैयाँ (९ करोड ९७ लाख ४४ हजार ९२० अमेरिकी डलर) तलब बुझेका थिए ।

त्यस्तै, छैटौं नम्बरमा करिब ९ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ (९ करोड ६७ लाख ६४ हजार ७५० अमेरिकी डलर) वार्षिक तलब लिएर भर्जिनिया एम रोमेट्टि परेका छन् । उनी आइबीएम कर्पोरेसनको सीइओ पदमा कार्यरत् छन् ।

सीजर एक्यूजीसन कर्पोरेसनका सीइओ मिच गार्बर हुन् । उनी सबैभन्दा धेरै तलब खानेहरुको सातौं नम्बरमा परेका छन् । उनले सन् २०१६ मा करिब ९ अर्व ३९ करोड रुपैयाँ (९ करोड ११ लाख ४६ हजार ४६८ अमेरिकी डलर) तलब लिएका छन् ।

आठौं नम्बरमा परेका छन्, भ्यायोकम इन्कर्पोरेसनका पूर्वकार्यकारी प्रमुख फिलिप्पे पी डाउम्यान । उनले सन् २०१६ मा करिब ९ अर्ब ५ करोड रुपैयाँ (८ करोड ७८ लाख ४१ हजार २४९ अमेरिकी डलर) तलब लिएका थिए ।

त्यस्तै, लेस्ली मूनभेस नवौं नम्बरमा परेका छन् सीवीएस ग्रुप कम्पनीका कार्यकारी प्रमुख भएर काम गरेबापत उनको वार्षिक तलब करिब ८ अर्ब ६२ करोड रुपैयाँ (८ करोड ३६ लाख ४५ हजार २९० अमेरिकी डलर) रहेको छ ।

दशौं नम्बरमा पर्न सफल भएका छन्, मारियो जे गकेल्ली । उनी पनि विश्वप्रसिद्ध गाम्को इन्भेस्टर इन्कर्पोरेसमा कार्यरत् छन् । कार्यकारी प्रमुखको हैसियतमा काम गरिरहेका उनले सन् २०१६ मा वार्षिक तलब करिब ७ अर्ब ८३ करोड रुपैयाँ (७ करोड ५९ लाख ६५ हजार २६६ अमेरिकी डलर) बुझेका थिए । (एजेन्सी)