चितवनको भरतपुरमा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले ‘जनताका छोराछोरी मार्ने तर आफ्ना छोराछोरीलाई चाहिँ मेयर बनाउनुपर्ने ?’ भन्ने व्यंग्यात्मक प्रश्न गरे ।
सत्ता गठबन्धनको नाममा शेरबहादुर देउवाले आफ्नो विवेकलाई बन्धकी बनाएको आरोप पनि उनले लगाए ।
कांग्रेस–माओवादीप्रति निकै आक्रामकरुपमा प्रस्तुत् भएका ओलीले ‘कांग्रेसले माओवादीलाई नाम्लो लगाएर बोक्न खोजे पनि चितवनका जनताले बाँदरमुढेजस्ता घटना बिर्सेका छैनन्–भने ।
कांग्रेसको निर्णयबाट कांग्रेस कार्यकर्तालाई परेको पीडा आफूले बुझेको भन्दै ओलीले कांग्रेस कार्यकर्तालाई झोक्राएर नबस्न आग्रह गरे ।
चुनावीसभालाई एमाले महासचिव ईश्वर पोखरेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, भरतपुर महानगरका एमाले उम्मेदवार देवी ज्ञवाली, उपमेयरका उम्मेदवार दिब्या शर्मा, जिल्लासचिव पार्वती रावललगायतले सम्बोधन गरेका थिए ।
एमाले अध्यक्ष ओलीले बिहीबारै पूर्वी चितवनको रत्ननगर, खैरहनी र राप्तीमा आयोजित आमसभाहरुलाई पनि सम्बोधन गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्