Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


परिमार्जनसहित ‘सेज’ विधेयक संसदमा


0
Shares

काठमाडौं, फागुन ३ । विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्न चाहेका उद्योगी–व्यवसायीको सुझाव समेटेर विधेयक परिमार्जन गर्न लागिएको उद्योग मन्त्रालयले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले व्यवसायीको सुझावअनुसार विधेयक परिमार्जनका लागि संसद पठाइएको बताइन् ।

सेजमा स्थापित उद्योगले ६० प्रतिशत वस्तु निर्यात गर्नुपर्ने, ४० प्रतिशत आन्तरिक बजारमा बिक्री गर्नसकिनेलगायतका नयाँ व्यवस्था गर्न लागिएको छ ।