Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


जेठ मसान्तसम्म दोस्रो किस्ता लिन आग्रह


0
Shares

निजी आवास निर्माणका लागि आवश्यक रकम जिल्लामा पठाइसकिएकाले लाभग्राहीलाई जतिसक्दो छिटो दोस्रो किस्ता भुक्तानीका लागि आवेदन दिन प्राधिकरणले आग्रह गरेको हो ।

पहिलो किस्ता बुझेर पनि दोस्रो किस्ता लिन आवेदन दिने लाभग्राहीको संख्या अपेक्षाकृतरुपमा बढ्न नसकेपछि प्राधिकरण कार्यकारी समितिको बिहीबारको बैठकले समय तोकेरै दोस्रो किस्ता लिने प्रक्रिया सुरु गर्न आग्रह गरेकोे प्रवक्ता यमलाल भुसालले राससलाई जानकारी दिए ।

‘दोस्रो किस्ताको अनुदान वितरण गर्न रु १५ अर्ब विभिन्न जिल्लामा पठाइएको छ, भूकम्प अतिप्रभावित १४ जिल्लाका चार लाख ५२ हजार चार सय ९० घरधुरीले पुसमै पहिलो किस्ताको अनुदान लिइसकेका थिए, पहिलो किस्ता लिएको अनुपातमा लाभग्राहीले घर पुनःनिर्माण सुरु गरी दोस्रो किस्ता लिन पहल गरेका छैनन्’–उनले भने ।

प्राधिकरणले पहिलो किस्ता लिएका घरपरिवारलाई मापदन्डानुसार जग राखी यथाशीघ्र दोस्रो किस्ता लिन यसअघि नै अनुरोध गरेको थियो ।

मापदन्ड र प्रक्रिया पूरा गरी घर पुनःनिर्माण गर्ने लाभग्राहीलाई एकमुस्ट अनुदान दिने निर्णय पनि भइसकेको छ । रासस

Skip This