Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


साउनदेखि आस्वा प्रणाली अनिवार्य


0
Shares

नेपाल धितोपत्रको सार्वजनिक निष्कासनमा गत माघदेखि ऐच्छिकरुपमा आस्वा प्रणाली (धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताको बैंक खातामा खरिद गर्न चाहेको रकम रोक्का गर्ने प्रणाली) लागू गरिएको थियो ।

धितोपत्र बोर्डले यस प्रणालीलाई आगामी साउनदेखि अनिवार्य गरेको जनाएको हो ।

यस प्रणालीमा हालसम्म सम्पूर्ण वाणिज्य बैंकहरुसहित ५२ बैंक तथा वित्तीय संस्थाहरु सहभागी भइ ७५ ओटै जिल्लाबाटै सेवा प्रदान गर्न थालिसकेका छन् ।

यसप्रकार हाल आस्वा प्रणालीको कार्यान्वयन स्थिति सुदृढ हुँदै गएको, पचहत्तरै जिल्लाबाट यो सेवा प्रदान भइरहेको र यस प्रणालीलाई अनिवार्य गर्न लगानीकर्ता, मर्चेन्ट बैंकर, बैंक तथा वित्तीय संस्थाहरुसहित सरोकारवाला पक्षहरुबाटसमेत माग भएको धितोपत्र बोर्डले जनाएको छ ।

आगामी साउन १ देखि लागू हुने गरी धितोपत्रको सार्वजनिक निष्कासनमा आस्वा प्रणाली अनिवार्य गर्ने निर्णय गरिएको बोर्डले जनाएको छ ।