काठमाडौं, फागुन ३ । सार्वजनिक खर्च पुनरावलोकन आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ ।
आयोगले शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रतिवेदन बुझाएको हो ।
डा. डिल्लीराज खनालको संयोजकत्वमा भदौ ३ गते गठित आयोगले विद्यमान बजेट प्रणालीलाई सुधार एवं परिमार्जनको सुझाव दिएको छ ।
आयोगको प्रतिवेदन बुझदै मन्त्री खतिवडाले आयोगले सुझाएका विषय क्रमशः कार्यान्वयन गर्दै अघि बढ्ने बताए ।
मुलुकका तीनै तहका सरकारको खर्च प्रणालीको व्यवस्थापन गरी वित्तीय अनुशासन कायम गर्नेलगायतका विभिन्न पक्षबारे सुझाव दिइएको आयोगका अध्यक्ष खनालले बताए ।









प्रतिक्रिया दिनुहोस्