निर्वाचन सुरु हुनभन्दा २४ घन्टाअघि यहाँकोे त्रिवेणी नाका शनिबार बिहान ९ बजेबाट बन्द हुुने प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए ।
दुई देशका सुरक्षा निकायका प्रमुखको भारतको बिहारमा भएको सुरक्षा निकायको बैठकपछि सो सहमति भएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रानाकाअनुसार बैठकमा त्रिवेणी नाकामा ४८ घन्टाअघिबाट सीमा क्षेत्रमा जाँचमा कडाइ गर्ने र २४ घन्टा नाका बन्द गर्ने सहमति भएको हो ।
पहिलो चरणमा नवलपरासीको प्रदेश नम्बर–४ मामात्र निर्वाचन हुँदैछ । तसर्थ प्रदेश नम्बर–४ मा पर्ने त्रिवेणी नाकालाईमात्र सिल गर्ने तयारी गरिएको छ । रासस










प्रतिक्रिया दिनुहोस्