
स्थानीय भेरी अञ्चल अस्पतालबाट निस्केको प्रभाफेरि नेपालगन्ज बजारको परिक्रमापछि जिल्ला प्रशासन कार्यालयको प्रांगणमा पुगेर सभामा परिणत भएको थियो ।
संघका जिल्ला अध्यक्ष लक्ष्मी केसीको सभापतित्वमा भएको सभामा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, प्रहरी उपरीक्षक टेकप्रसाद राई, भेरी अस्पतालका प्रमुख बीबी चन्द, जनस्वास्थ्य प्रशासक खिमबहादुर खडका र संघकी उपाध्यक्ष मनिता प्याकुरेलले नर्सिङ पेसालाई थप मर्यादित बनाउन सामूहिक प्रयास हुनुपर्नेमा जोड दिइन् ।
सभामा नेपालगन्ज नर्सिङ क्याप्पसका पूर्व प्रमुख डा.शान्ता आचार्यलाई सम्मान गरिएको थियो । जिल्लाका सिकलसेल रोगका बिरामीका लागि नर्सिङका २१ विद्यार्थीले रक्तदानसमेत गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्