Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


दोलखामा उम्मेदवारहरु लखेटिए, ‘एमाले कार्यकर्ता भाला, खुकुरी बोकी घरघर पसे’ (भिडियो)


0
Shares

गौरीशंकर गाउँपालिका वडा नम्बर–७ मार्वुका नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार सोनाम शेर्पा, महिला वडासदस्यका उम्मेदवार निमलेकी शेर्पा र खुला वडासदस्यका उम्मेदवार आङदोर्जी शेर्पा, नेपाली कांग्रेस मार्बुका सभापति टेण्डु शेर्पासहित २९ जनालाई नेकपा एमालेका कार्यकर्ताले लखेटेको बताइएको छ ।

स्थानीय तहको निर्वाचनमा शान्ति–सुरक्षा पाऊँ भन्दै उम्मेदवारहरुले जिल्ला प्रशासन कार्यालय दोलखामा उजुरी नै दर्ता गराएका छन् ।

एमालेले एक सयभन्दा बढी मानिस बाहिरबाट झिकाइ आफूहरुलाई गाउँ छाड्न धम्की दिएकाले ज्यानको सुरक्षा र शान्तिपूर्ण निर्वाचनको माग गर्दै उजुरी दिएको उनीहरुले बताएका छन् ।

मार्वुमा एमाले कार्यकर्ताले भाला, खुकुरी, तरबार, पेस्तोल बोकी घरघरमा छिरेर मतदातालाई धम्क्याउँदै मतदाता परिचयपत्र लिनसमेत रोकेको आरोप उनीहरुको छ ।

आफ्नो ज्यानकै असुरक्षा भएको भन्दै उनीहरुले युवा संघ दोलखाका अध्यक्ष महाराज गुरुङसहित १२ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा किटानी उजुरी दिएका छन् ।

विस्थापितहरु घर फर्कने अवस्था नरहेकाले उक्त स्थानमा निर्वाचन स्थगित गर्नसमेत उनीहरुले माग गरेका छन् ।

भिडियो हेर्नुहोस्