अघिपछिको भन्दा बढी भाडा असुल गरिएपछि सर्वसाधारण भने मर्कामा परेका छन् ।
काठमाडौंको माछापोखरी बाईपासमा चुनावमा मतदान गर्न जानेहरुको भीड बढेसँगै सवारीसाधनले मनपरी भाडा असुल्दा सर्वासाधरण भने विरोध गरिरहेका छन् ।
लामो समयपछि हुन लागेको चुनावमा मतदान गर्न जानका लागि सर्वसाधारण बिहानैदेखि बसपार्क तथा ट्याक्सी स्टेनहरुमा पुग्दा भाडा बढेको भन्दै व्यवसायीहरुले चर्को भाडा असुली रहेका थिए ।
मुख्य गरी नयाँबसपार्क, गोगंबु, माछापोखरी, कोटेश्वरलगायतका क्षेत्रबाट बाहिरिने गाडी र माइक्रोले मनपरि भाडा असुलेका हुन् ।
भोट हाल्न जानेहरुलाई भने गाडी नपाईने डरले भनेजति भाडा दिनुपर्ने बाध्यता थियो । राजधानीबाट नुवाकोट भोट हाल्न जानेहरुको लर्को यसपटक लामै थियो ।
धेरैजसो केटाकेटी बोकेर गाडीको खोजीमा भौतारिएका थिए । लामो समयपछि हुन लागेको चुनावमा सर्वसाधरणको उत्साह ह्वात्तै बढेको छ ।
धादिङ, चितवन, तनहुँ, कास्कीलगायतका जिल्लामा भोट हाल्न जानेहरु शनिबार पनि राजधानीबाट बाहिरिइरहेका थिए ।
तर, मतदान गर्न जानेहरुको चार बढेपछि सम्बन्धित निकायले सवारीको व्यवस्था गरिदिन नसक्दा सर्वसाधारणको बिजोग भएको छ ।










प्रतिक्रिया दिनुहोस्