उप्रेतीको परिवार र गाउँलेकाअनुसार उप्रेतीलाई नेकपाले नियन्त्रणमा लिएको हो ।
यतिबेला उप्रेतीको खोजीका लागि हेटौंडाबाट प्रहरी निरीक्षक मधु थापाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आफ्ना विभिन्न संगठनमा आबद्ध व्यक्तिलाई कुनै अपराधजन्य क्रियाकलाप नगरे पनि प्रहरी प्रशासनले नियन्त्रणमा लिएको जनाउँदै नेकपाले पनि उम्मेदवार उप्रेतीलाई नियन्त्रणमा लिएको बताइएकोे छ ।
घटनाको जिम्मा लिँदै नेकपाले कुनै अपराधजन्य कार्यमा सहभागी नभए पनि विभिन्न पेसा, व्यवसाय गरिबसेका आना दलका शुभचिन्तक, समर्थक र कार्यकर्तालाई मानसिक यातना दिने तथा नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाएको छ ।
उम्मेदवार उप्रेतीको खोजीलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस





प्रतिक्रिया दिनुहोस्