Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नाका बन्दा हुँदा निर्वाचनमा सहभागी हुन भारतबाट आएका नेपाली अलपत्र


0
Shares

भारतकको पश्चिम चम्पारणमा पर्ने विभिन्न सहरमा काम गर्ने उनीहरु सीमानाका बन्द हुनेबारे अनविज्ञ हुँदा वाल्मिकी नगरको भैंसालोटनमा रोकिएका हुन् ।

सोमबार बिहानसम्मका लागि नाका बन्द गरिँदा भैंसालोटनबाट आउन नसकेका नेपालीलाई सुस्ताबाट डुंगा प्रयोग गरेर वा ठूठीबारीको नाका प्रयोग गरेर आउनसक्ने सल्लाह दिइएको नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बताए ।

नाकासँग जोडिएको विनयी–त्रिवेणी गाउँपालिकाको वडा नम्बर–६ र ७ मा आइतबार स्थानीय तह निर्वाचन हुँदैछ ।