Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


महाकाली नदीमा डुबेर तीन युवक बेपत्ता


0
Shares

नदीमा नुहाउन भनी उनीहरुसँगै गएका अर्का एकजना भने बाँच्न सफल भएका छन् ।

बेपत्ता हुनेमा भीमदत्तनगर–१४ बस्ने अन्दाजी १५ वर्ष उमेर समूहका कपिल खाती, दीपेश कुँवर र राहुल उपाध्याय छन् ।

बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका इन्चार्ज वीरदत्त पन्तले जानकारी दिए ।